+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

‘टेक एण्ड पे’ मा अनावश्यक त्रास नलिनुहोस्, नीति संशोधनको प्रक्रियामा छ : उर्जामन्त्री खड्का

‘टेक एण्ड पे’ जस्ता शब्दहरूले लगानीकर्तामा उत्पन्न भ्रम हटाउने गरी सरकार नीतिगत स्पष्टता र सहयोगी वातावरण निर्माणमा क्रियाशील देखिएको छ।

जनवाच
१ दिन अगाडी

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बजेटमा उल्लेखित ‘टेक एण्ड पे’ मोडालिटीप्रति अनावश्यक भय नदेखाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै, त्यसबारे संशोधनको प्रक्रिया सुरु भइसकेको स्पष्ट पार्नुभएको छ।

दार्चुलाको मध्य चमेलिया जलविद्युत आयोजना (२८.३ मेगावाट) को वित्तीय व्यवस्थापन घोषणा कार्यक्रममा बोल्दै मन्त्री खड्काले यो प्रस्ताव ऊर्जा मन्त्रालयको आधिकारिक नीति नभएको बताउँदै अर्थ मन्त्रालयसँग छलफल चलिरहेको जानकारी दिनुभयो।

‘टेक एण्ड पे’ को कुरा बजेटमा आएको छ भनेर लगानी रोकिनु हुँदैन। चिन्ता नगर्नुस्, नीति संशोधन हुन्छ,मन्त्री खड्काले निजी क्षेत्रका लगानीकर्ताहरुलाई आश्वस्त पार्दै भन्नुभयो। उहाँले नेपालको जलविद्युत क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको भन्दै निजी क्षेत्रको सक्रिय संलग्नता आवश्यक रहेको उल्लेख गर्नुभयो।

सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको मन्त्री खड्काले स्मरण गराउँदै भन्नुभयो, स्रोत हामीसँग छ, बजार पनि छ। अब ढिला नगरी लगानीतर्फ अघि बढ्न जरुरी छ।

नेपालले हालै भारतमार्फत बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात सुरु गरेको सन्दर्भ उठाउँदै मन्त्री खड्काले यो मात्र सुरुवात भएको उल्लेख गर्नुभयो। भारतसँग समन्वय गर्दै बंगलादेशसम्मको ट्रान्समिसन लाइन विस्तार गरिनेछ, उहाँले जानकारी दिनुभयो।

सरकारले निजी क्षेत्रसँग सहकार्यमा नयाँ विद्युत ऐन ल्याउने तयारी गरिरहेको पनि मन्त्री खड्काले खुलासा गर्नुभयो। उर्जा क्षेत्रमा रहेको कानुनी तथा सोचको अवरोध हटाएर, समृद्धिका दिशामा अघि बढ्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

दार्चुलाका सांसद तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाले सिङ्गो दार्चुला र मुलुकलाई फाइदा पुग्ने बताउनु भयो । उहाँले प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

रु ५ अर्ब ६६ करोड लागतमा निर्माण हुन लागेको आयोजना डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनी अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिनुभयो। नेपाल बैंकको नेतृत्वमा नविल बैंकको समेत सहभागिता रहेको यो आयोजना सुदूरपश्चिमको उर्जा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ