+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

मनोज ज्ञवाली नबिल बैंकको सीईओमा नियुक्त

बैंकभित्रै विभिन्न तह हुँदै शीर्ष नेतृत्वसम्म पुग्नु मनोज ज्ञवालीको दक्षता, लगनशीलता र संस्थागत समझदारीको प्रमाण हो

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ २२ –नबिल बैंकले नेतृत्वमा निरन्तरता र आन्तरिक क्षमताको सम्मान गर्दै मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। आज बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

ज्ञवाली हालसम्म कामु सीईओका रूपमा कार्यरत थिए।

वित्तीय अनुशासनमा गहिरो अनुभव भएका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। उनी २०७७ सालको जेठमा नायव महाप्रबन्धकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए। त्यसयता उनले महाप्रबन्धक, डेपुटी सीईओ, सीनियर डेपुटी सीईओ हुँदै अन्ततः कार्यबाहक सीईओको भूमिका निर्वाह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ