+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

म पछार्न त पछार्ने थिएँ तर मलाई खुट्टै टेक्न दिएन: संसद अवरुद्ध रहँदा, सम्झिए सभामुख घिमिरेले उखान

सभामुख घिमिरेको भनाइ, राजनीतिक विवादको भार आम नागरिक र विकास प्रक्रियामा खसिरहेको छ। संसद खुलाउने जिम्मा सबै दलको हो, नत्र 'अड्केका विधेयक' जनताका सपना च्यातिने कागज मात्र बनिरहेका छन्।

जनवाच
१४ घण्टा अगाडी

२३ जेठ, काठमाडौं –संसद अवरुद्ध रहँदा कानुन निर्माण प्रक्रिया ठप्पिएकोप्रति सभामुख देवराज घिमिरेले गहिरो असन्तोष व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले गृहमन्त्रीको राजीनामाको मागलाई लिएर संसद अवरुद्ध पारिएको अवस्थामा विधायन प्रक्रिया संकटमा परेको स्पष्ट पारे।

उनले “म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्न दिएन” भन्ने उखान स्मरण गर्दै संसद चल्न नदिइँदा आफूहरु कानुन निर्माणमा चाहेर पनि अगाडि बढ्न नसकेको गुनासो गरे।

घिमिरेले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयक संसद चल्न नसक्दा अड्किएको उल्लेख गर्दै यस्ता अवरोधले नागरिकमा निराशा उत्पन्न गरिरहेको बताए।

“कानुन निर्माण र कार्यान्वयन दुबैका लागि जवाफदेही बन्नुपर्ने हो,” उनले भने, “तर प्रतिनिधि सभा नै अवरुद्ध हुँदा समग्र व्यवस्थापिका नै संकटमा परेको अनुभूति भइरहेको छ।”

कार्यक्रममा सभामुख घिमिरेले संसदको मर्यादा जोगाउँदै सबै राजनीतिक पक्षले संवादमार्फत अवरोधको समाधान खोज्नुपर्ने धारणा राखे। उनले विधेयक पारित गर्नुको सट्टा संसद बन्द भइरहनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै निष्क्रियताको चक्र अन्त्य गर्न आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ