+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

काठमाडौँमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्व विकासको प्रशिक्षण

जनवाच
१५ घण्टा अगाडी

काठमाडौं जेठ २३ –नेतृत्व क्षमता जागृत गराउने उद्देश्यसहित काठमाडौंमा आयोजित ‘राइज एन्ड लिड’ कार्यशालाले नेपाली किशोरी र युवतीहरूलाई आत्मबल र सोचको नयाँ उचाइ दिएको छ।

ग्यालेक्सी पब्लिक स्कूल, ज्ञानेश्वरमा सम्पन्न उक्त कार्यशालामा अमेरिकाबाट आएकी डा. सारा सफारीको टोलीले नेपालका विद्यालयस्तरीय छात्राहरूलाई नेतृत्व, आत्मविश्वास र प्रेरणादायी जीवन मूल्यहरूबारे अन्तरक्रियात्मक ढंगमा प्रशिक्षण दिएका थिए।

कार्यशालामा छ वटा अमेरिकी महिलाहरू,जो आफ्ना क्षेत्रमा सफल नेतृत्वकर्ता छन्,  जस्ले  ४० विद्यालयका ८४ जना सहभागीहरूलाई ‘हाम्रो भित्रको नेता’ खोज्ने कार्यशालामा मार्गदर्शन गरे। सहभागीहरूले प्रशिक्षणपछि आफूभित्र सकारात्मक परिवर्तन भएको, भविष्यप्रति दृष्टिकोण फरक बनेको र समूहमा नेतृत्व गर्न सहज महशुस भएको बताएका छन्।

प्रशिक्षकहरू

  • डा. सारा सफारी – प्राध्यापक, लेखक, प्रेरणादायी वक्ता

  • लेटिजिया पिलेजी – व्यवसायी तथा लगानी विशेषज्ञ

  • क्याथी आर्मस्ट्रङ – उत्पादन कम्पनी सीईओ

  • मार्सिया लाकोर-लिटल – वैज्ञानिक तथा डिजाइनर

  • कायला आर्मस्ट्रङ – क्यालिफोर्निया पोलिटेक्निक युनिभर्सिटी

  • आशा पटेल – आयुर्वेद चिकित्सक

कार्यक्रमको उद्घाटन नेसनल प्याब्सनकी संस्थापक गीता क्षेत्री राणा र अमेरिकी टोली प्रमुख डा. सारा सफारीले संयुक्त रूपमा गरे। उद्घाटन समारोहपछि नारा, भाषणभन्दा टाढा, आत्म-प्रेरणा र व्यवहारमा आधारित प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा नेसनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही, बागमती प्रदेश अध्यक्ष नारायण कार्की, तथा अन्य पदाधिकारीहरूको उपस्थितिले शैक्षिक नेतृत्वले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई कति गम्भीरतापूर्वक लिएको छ भन्ने संकेत गरेको छ।

कार्यक्रमका आयोजक तथा जिल्ला अध्यक्ष होमबहादुर अधिकारी (मनोज)ले भविष्यमा पनि यस्ता प्रशिक्षणहरूलाई निरन्तरता दिँदै महिला तथा युवा नेतृत्वको खाँचो सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ