काठमाडौं, १६ जेठ — डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौं होटलबीच एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गरी विशेष छुट कार्यक्रम लागू गर्ने समझदारीमा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, एनएमबि बैंकका ग्राहकहरूले डेबिट, क्रेडिट वा प्लाटिनम क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हिल्टन काठमाडौंमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यो सहकार्यलाई नगद कारोबार घटाउँदै डिजिटल भुक्तानी संस्कृतिमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढाएको बताएको छ। बैंकका अनुसार, यस्ता योजनाहरूले ग्राहकलाई सुविधा मात्र होइन, डिजिटल कारोबारप्रति विश्वास र रुचि बढाउने काम पनि गर्नेछ। एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ। पछिल्लो समय बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकहरूलाई मोबाइल एप, कार्ड सेवा र अनलाइन भुक्तानीमार्फत सजिलो, सुरक्षित र दिगो सेवामा जोड दिँदै आएको छ।