+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

दिवंगत बाबुको तारागाउँ भ्रष्टाचार मुद्दामा, छोरा सहित सर्राफ परिवार तानियो

सरकारी जग्गा निजी स्वार्थमा प्रयोग गरेर लाभ उठाइएको दाबी गर्दै दिवंगत बाबुको गलत कर्मको क्षतिपूर्ति माग गर्दै छोरा अरुणलाई कानुनी घेरामा ल्याइएको छ।

जनवाच
१५ घण्टा अगाडी

काठमाडौं, जेठ २३ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित ह्यात होटल तारागाउँ रिजेन्सी का संस्थापक दिवंगत राधेश्याम सर्राफको नाम जोडिएको जग्गा अनियमितता प्रकरणमा उनको छोरा अरुण कुमार सर्राफलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।

राधेश्याम सर्राफको निधन भइसके पनि अख्तियारको दाबी अनुसार उनले सरकारी हुनुपर्ने ८३ रोपनी जग्गा गैरकानूनी रूपमा निजी कम्पनी ‘चौतारामा प्रा.लि.’ मा लगेको र त्यसबाट लाभ उनका उत्तराधिकारीले पाएको हुँदा विगो असुलीका लागि छोरा अरुणलाई प्रतिवादी बनाइएको हो।

सामान्यतः कुनै व्यक्तिको मृत्यु भएपछि फौजदारी मुद्दा दायर गरिँदैन। तर अख्तियारको व्याख्या अनुसार यदि मृतकले भ्रष्टाचारबाट लाभ उठाएको जग्गा, सम्पत्ति वा कारोबार हाल उत्तराधिकारीको प्रयोगमा छ भने विगो असुलीको लागि उत्तराधिकारीमाथि कारबाही सम्भव छ।

यही आधारमा अरुण सर्राफमाथि न त कैद न त जरिवाना, केवल बाबुले भ्रष्टाचारबाट राज्यलाई पुर्‍याएको ५१ लाख रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गरिएको हो।

अख्तियारको अनुसन्धान अनुसार, काभ्रेको श्रीखण्डपुरस्थित ८३ रोपनी जग्गा हदबन्दी मिच्दै चौतारामा प्रा.लि.मा दर्ता गरिएको थियो। यसमा राधेश्याम सर्राफ, विश्वरत्न शाक्य, शेखर कुमार राणा लगायतको मिलेमतो रहेको दाबी गरिएको छ।

जग्गा पास गर्न गलत कागजात र प्रक्रिया अपनाइएको र सरकारी सम्पत्तिलाई निजी स्वार्थमा प्रयोग गर्ने नियत देखिएको अख्तियारको आरोप छ।

राधेश्याम सर्राफ यसअघि पनि तारागाउँ विकास समितिको जग्गा लिजसम्बन्धी विवादमा मुछिएका थिए। होटल ह्यातको स्थापना, संचालन र जग्गा व्यवस्थापनका क्रममा अनियमितता भएको आरोप छ।

उनको निधनपछि छोरा अरुण सर्राफले होटलको प्रशासनिक र व्यवस्थापन पक्ष सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ