काठमाडौं जेठ २३ –शुक्रबार नेपाली बजारमा चाँदीले ऐतिहासिक उचाइ छोएको छ। प्रतितोला ७५ रुपैयाँले उकालो लाग्दै चाँदीको मूल्य २ हजार ११५० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य अचानक बढेर नयाँ रेकर्ड कायम भएको हो। चाँदीको मूल्य आकाशिएको दिन सुन भने शान्त देखियो। शुक्रबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा यथावत् रह्यो प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ।