+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

नुवाकोटमा चिनियाँ भाषा स्कुलको शिलान्यास, युवाका लागि रोजगारी र संस्कृति सिकाइको अवसर

जनवाच
१ दिन अगाडी

काठमाडौं, २१ जेठ। नेपाल–चीन सम्बन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै नुवाकोटको तारकेश्वर गाउँपालिका–४ मा चिनियाँ भाषा र संस्कृति सिकाउने विद्यालयको शिलान्यास गरिएको छ।

यो परियोजना संघाई कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुप को संयुक्त प्रयासमा अघि बढाइएको हो। बुधबार आयोजित कार्यक्रममा चिनियाँ प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्का ले विद्यालयलाई “मित्रताको प्रतीक” भन्दै यसमार्फत नेपाली युवालाई रोजगारी, सांस्कृतिक समझदारी र भविष्यतर्फको मार्ग देखाउने बताए। उनले भनिन्, “यो भाषा सिकाउने संस्थाभन्दा बढी सामाजिक र वैश्विक ज्ञानको केन्द्र बन्नेछ।”

संघाई हाइसान कल्चर एण्ड मिडिया प्रालिका प्रतिनिधि हुआङ वेन् छि ले विद्यालयको निर्माण तीन वर्षभित्र पूरा गरिने जानकारी दिइन्। उनले नेपालमा हालसम्म १० वटा चिनियाँ शिक्षण संस्था स्थापना भइसकेको र १ हजार ५० बढी विद्यार्थीहरूलाई अध्यापन गराइएको उल्लेख गरिन्।

त्यसैगरी, उनले १३ हजार ३ सय ४९ जनालाई १४ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको तथा थप ९ वटा नयाँ चिनियाँ विद्यालय खोल्ने लक्ष्य रहेको खुलासा गरिन्। उनका अनुसार यस्ता प्रयासले नेपालका शिक्षा क्षेत्रलाई आवश्यक स्रोतसँग जोड्ने काम गर्दैछन्।

ओभरसिज चाइनिज एसोसिएसन नेपाल का अध्यक्ष झिङ झ्याओ दोङ ले नेपालको ऐतिहासिक पात्र भृकुटी र अरनिकोको योगदानलाई स्मरण गर्दै, यस्ता सहकार्यले दुई देशको पुरातन मित्रतालाई समसामयिक गहिराइ दिने बताए। उनले २०१९ को चिनियाँ राष्ट्रपतिको भ्रमणले सम्बन्धलाई बलियो बनाएको उल्लेख गरे।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिवप्रसाद अधिकारी र समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी सहितको उपस्थितिले परियोजनालाई स्थानीय स्वीकृति र राजनीतिक समर्थन रहेको संकेत दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ