१८ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छिन्। उनले अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा नेपालको पर्यवेक्षक सहभागिता नेतृत्व गरेकी थिइन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उक्त समारोहमा सहभागी हुन मन्त्री राणा जेठ १६ गते हङकङ गएकी थिइन्। यो महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका छन् भने ५० भन्दा बढी देश र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थिति रहेको थियो।
उक्त संगठनले देशहरूबीच, राष्ट्र र निजी क्षेत्रबीच तथा व्यवसायिक पक्षहरूबीच उत्पन्न हुने विवादहरूलाई मध्यस्थताको माध्यमबाट समाधान गर्ने लक्ष्य लिएको छ। नेपालको प्रतिनिधित्व पर्यवेक्षकको रूपमा भए पनि, यो सहभागितालाई नेपालले विश्वव्यापी विवाद समाधान प्रक्रियामा चासो राखेको छ।
यसै अवसरमा मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक र प्राविधिक सहकार्य विस्तार गर्ने र निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन्।