+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

वित्तीय सेवाको अगुवा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि अग्रणी बन्ने उद्देश्यका साथ, ग्लोबल आइएमई बैंकले गरेको वृक्षारोपण अभियान हरित भविष्य र समृद्ध समुदायको साझा सपना तर्फको सार्थक पाइला हो।

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ १९ -ग्लोबल आइएमई बैंक लिमिटेड ले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको सन्दर्भ पारेर टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै हरित विकासप्रति बैंकको प्रतिबद्धता बलियो बनाएको छ।

बैंकले टोखा नगरपालिका भित्रका विद्यालयहरूमा १,००० वटा फलफुलका विरुवाहरू रोपेको छ। सो कार्यक्रममा टोखा नगरप्रमुख प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालय व्यवस्थापन, विद्यार्थी र स्थानीयबासीहरुको सक्रिय सहभागिता देखिएको थियो।

त्यसैगरी, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १,५०० वटा बाँसका बिरुवाहरु रोपिएको छ। यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, नेपाली सेना, नेपाल प्रहरीका जिल्ला प्रतिनिधिहरु समेतको उल्लेखनीय सहभागिता देखिएको थियो।

ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ। सातवटै प्रदेशमा विविध ठाउँहरूमा यो अभियान निरन्तर जारी छ।
वृक्षारोपण मात्र होइन, दीर्घकालीन वातावरणीय र आर्थिक प्रभावको सोचसहित हामी अघि बढिरहेका छौं, बैंकका एक प्रतिनिधिले बताए।

बैंकले रोपेका बाँस र फलफूलका विरुवाले स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। हरियाली विस्तारसँगै कृषिआधारित जीवनशैलीको सुदृढीकरण पनि हाम्रो लक्ष्य हो, बैंकको भनाइ छ।

ग्लोबल आइएमई बैंक “ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ मार्फत नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मानित भइसकेको छ।
देशभर ७७ वटै जिल्लामा फैलिएको १,१००+ सेवा केन्द्रमार्फत बैंकले आधुनिक, पहुँचयुक्त र समावेशी सेवा दिँदै आएको छ।

ग्लोबल आइएमई बैंकले संयुक्त राज्य अमेरिका, युके, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, कतार, साउदी अरब लगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ