+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने आयो,सुन्दर भाषामा मात्र सीमित नहोस्: चन्द्र ढकाल

बजेटले निजी क्षेत्रलाई सैद्धान्तिक रूपमा साथ दिएको भए पनि, आर्थिक वृद्धिको लक्ष्य त्यतिखेर मात्र यथार्थ बन्छ जब नीति व्यवहारमा रूपान्तरित हुन्छ।

जनवाच
१ दिन अगाडी

काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका धेरैजसो मागलाई सम्बोधन गरे पनि कार्यान्वयनमा सरकार चुके पुरानै निराशा दोहोरिने चेतावनी दिएका छन्।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित बजेट समग्र दृष्टिकोण विषयक कार्यक्रममा बोल्दै ढकालले सरकारलाई शब्द होइन, कार्यमै विश्वास जगाउनु पर्ने उल्लेख गरे।

उनले बजेटले निजी क्षेत्रको प्रमुख मागहरू समेटेको भन्दै स्वागत गरे पनि अघिल्ला वर्षहरूमा कागजमै सीमित बजेट को अनुभव दोहोरिन नहुने बताएका छन्।
हामी लाभका लागि मात्र होइन, समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि बोलिरहेका छौं, ढकालले भने, तर यदि सरकारले यो बजेट कार्यान्वयन गर्न सकेन भने उत्साह पुन निराशामा रूपान्तरण हुनेछ।

नेपालका खनिजजन्य स्रोतलाई आर्थिक विकासको इन्धन बनाउनु पर्नेमा जोड दिँदै उनले “खनिज निर्यातको व्यवस्था बजेटमा आएकोमा हामी उत्साहित छौं, भने।
तर, उनले अघिल्ला वर्षहरूमा जस्तै सुरुवातको घोषणापछि मौनता दोहोरिन नहुने सन्देश दिएका छन्।

ढकालले विशेष आर्थिक क्षेत्र (SEZ) को भाडा सहजीकरण, अन्तर्राष्ट्रिय सभा हलको योजना, र सीमा क्षेत्रका होटलहरूका लागि विदेशी मुद्रा नीतिको लचिलो व्यवस्थालाई उदाहरणीय पहल भन्दै प्रशंसा गरे।

टेक एन्ड पे” नीतिलाई लिएर उनले चिन्ता व्यक्त गरे, जसले निजी क्षेत्रलाई विद्युत् व्यापारमा हतोत्साहित गर्ने संकेत दिएको बताए।
विदेशी लगानी भित्र्याउन सक्ने क्षमतामा असर पर्न सक्ने भएकाले यस्तो नीति पुनर्विचार गरिनुपर्ने सुझाव पनि उनले राखे।

धौवादी फलाम खानी’ जस्तो विषय प्रत्येक वर्ष बजेटमा उल्लेख हुने तर व्यवहारमा नआउने परिपाटीप्रति उनले कटाक्ष गरे।
उनका अनुसार, बजेटले आशा जगायो, अब सरकारको परीक्षा कार्यान्वयनमा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ