+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कांग्रेसको सबै तहका पार्टी कार्यालय प्लास्टिकमुक्त बनाउने: कांग्रेसको घोषणा

देउवाले भने, हामी प्लास्टिकजन्य प्रदूषणबाट मुक्ति दिलाउने जनचेतनाको नेतृत्व लिन तयार छौं।

जनवाच
१ दिन अगाडी

काठमाडौं १९ जेठ – नेपाली कांग्रेसले आफ्नो संगठनात्मक संरचनामार्फत पर्यावरणीय चेतना फैलाउने पहल सुरु गर्दै देशभरका पार्टी कार्यालयहरूलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने घोषणा गरेको छ।

सभापति शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममार्फत घोषणा गर्दै २०८२ सालको विश्व वातावरण दिवस (जेठ २२) देखि केन्द्रदेखि वडा तहसम्मका सबै कांग्रेस-affiliated कार्यालयहरू प्लास्टिकरहित बनाइने स्पष्ट पारे।

पार्टीको वातावरण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले पार्टीको नीति नै वातावरण संरक्षणतर्फ उन्मुख रहेको बताएका छन्।
उनका अनुसार, अबदेखि केन्द्रीय कार्यालय, संघीय र प्रदेश संसदीय दलका कार्यालयहरू, जिल्ला र क्षेत्रीय कार्यालयहरू, भ्रातृ संस्था, शुभेच्छुक संगठन र विदेशस्थित जनसम्पर्क समितिहरू समेतले प्लास्टिकजन्य प्रयोग परित्याग गर्नेछन्

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ