+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

महाभोज अन्ततः जेठ ३० मा रिलिज हुँदै, समाजका चिरफार कथा लिएर पर्दामा आउँदै

जनवाच
१ दिन अगाडी

३१ मे, काठमाडौं — चर्चित निर्देशक दिनेश राउत निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘महाभोज’ अब जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। सामाजिक कथावस्तुमा आधारित यो फिल्मलाई विभिन्न समूहबाट आएको दबाबका कारण पहिले तोकिएको मितिमा रिलिज गर्न नसकिएको थियो।

निर्माण टिमले शनिबार विज्ञप्ति जारी गर्दै फिल्म आगामी जेठ ३० गतेबाट हलहरूमा हेर्न सकिने जानकारी गराएको हो। निर्देशक राउतले सामाजिक सन्देश बोकेको फिल्मलाई दर्शकले साथ दिनुहुनेमा विश्वास व्यक्त गर्दै भने, “यो हामी सबैको कथा हो। तपाईंहरूको समर्थन नै हाम्रो सफलता हो।”

‘महाभोज’को कथावस्तु नेपाली समाजमा पछिल्लो समय चर्चित विषय सहकारी संकट वरिपरि घुमेको छ। कथा सामाजिक, आर्थिक र नैतिक पक्षलाई समेट्दै अगाडि बढ्छ, जहाँ पात्रहरू केवल कलात्मक अभिव्यक्तिहरू होइन, समाजको वास्तविकता बोकेका चरित्रका रूपमा देखिन्छन्।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता अनुभवी र लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ। हिमाल कडरिया निर्मित र क्लक वर्क क्रियसन तथा पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यो फिल्मलाई समाजको गहिरो समस्या उजागर गर्ने प्रयासको रूपमा लिइएको छ।

केही दिनअघि आयोजित काठमाडौं प्रिमियरमा फिल्मले सह्राहनीय प्रतिक्रिया पाएको थियो। यद्यपि, प्रदर्शनको पूर्वसन्ध्यामा उत्पन्न विवाद र दबाबका कारण तत्कालका लागि रिलिज मिति सारिएको थियो। अब भने सबै तयारी पूरा भइसकेको जनाउँदै निर्माताले दर्शकलाई हलमै गएर हेर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ