+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

विश्व दुध दिवस नेपालमा पनि मनाईयो, दुध किसानको रकम चाडैं भुक्तानी गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

जनवाच
१ दिन अगाडी

 हेटौंडा — दूध पिउँ, अर्थतन्त्र बलियो बनाऔं भन्ने नाराका साथ आज विश्व दूध दिवस नेपालभर विभिन्न कार्यक्रमसहित मनाइएको छ। हेटौंडामा आयोजित विशेष समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानको भुक्तानी अब प्राथमिकतामा रहेको स्पष्ट संकेत दिनुभयो।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजनमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले “अब किसानको श्रमको मूल्य समयमा दिनु हाम्रो दायित्व हो” भन्दै, निजी तथा सरकारी दुग्ध उद्योगलाई किसानको भुक्तानी चाँडो गर्न आग्रह गर्नुभयो।

“असार मसान्तसम्ममा कम्तिमा एक महिनाको बाँकी भुक्तानी तिरेर किसानको अनुहारमा खुसी ल्याउनुपर्ने आवश्यकता छ,” मन्त्री अधिकारीले भन्नुभयो, “किसान सन्तुष्ट नभएसम्म हाम्रो कामको औचित्य छैन।”

दुग्ध विकास संस्थानमा कार्यरत कर्मचारीको सुविधा केही हदसम्म कटौती गर्दै, त्यस रकम किसानलाई भुक्तानीमा प्रयोग गर्ने निर्णयप्रति मन्त्री अधिकारीले स्पष्टता दिनुभयो।

वार्षिक ३–४ करोड रुपियाँ पनि किसानको हातमा जान सके, त्यसले ठूलो राहत पुर्‍याउँछ, उहाँको भनाइ थियो।

कार्यक्रममा मन्त्री अधिकारीले चीन लगायत मुलुकमा दुग्धजन्य पदार्थ निर्यात गर्न गृहकार्य भइरहेको र छिट्टै सफलता हात पर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

साथै, गुणस्तरीय दूधको उपभोग वृद्धि गर्न, आम नागरिकमा पोषण र स्वास्थ्यमाथिको चेतना फैलाउन तथा सुरक्षित दुग्ध आपूर्ति सञ्जाल निर्माण गर्न सबै सरोकारवाला निकायलाई समन्वयमा जुट्न पनि मन्त्रीको जोड थियो।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (FAO) ले सन् २००१ देखि हरेक जुन १ मा विश्व दूध दिवस मनाउन थालेको हो। नेपालमा भने सन् २०११ देखि नियमित रूपमा मनाउन थालिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ