+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

पर्यटक सवारीमाथि अवरोधले पोखराको छविमानै धक्का पर्ने भन्दै , पर्यटन परिषद्को चासो

परिषद्ले सार्वजनिक यातायात बचाऊ संघर्ष समिति सँग समन्वय गर्दै पर्यटनमैत्री वातावरण निर्माण गर्न आग्रहसमेत गरेको छ।

जनवाच
१ दिन अगाडी

१८ जेठ, काठमाडौं — नेपालकै पर्यटन राजधानीका रूपमा चिनिने पोखरामा हालै पर्यटक सवारीसाधनमाथि भएको अवरोधले गम्भीर सन्देश दिइरहेको भन्दै पोखरा पर्यटन परिषद्ले चिन्ता व्यक्त गरेको छ।

परिषद्का अध्यक्ष तारानाथ पहारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि यस्ता गतिविधिले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा प्रतिकूल असर पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय एवं आन्तरिक पर्यटकहरूमा नकारात्मक सन्देश प्रवाह गर्ने खतरा बढेको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको समृद्धिको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक छ।

परिषद्ले बन्द हड्तालजस्ता कार्यलाई समस्या समाधानभन्दा समस्या विस्तार गर्ने माध्यमका रूपमा व्याख्या गर्दै, पर्यटक सवारीसाधनलाई निर्वाधरूपमा सञ्चालन गर्नुपर्ने माग राखेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ