+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

 काठमाडौँका संवेदनशील विभिन्न क्षेत्रहरूमा निषेधाज्ञा जारी 

जनवाच
१ दिन अगाडी

१८ जेठ, काठमाडौं — राजधानी काठमाडौँका विभिन्न क्षेत्रहरूमा अस्थायी रूपमा सभा, जुलुस, धर्ना र प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ख) बमोजिम निषेधाज्ञा जारी गर्दै ३ दिनसम्म लागू हुने गरी सार्वजनिक कार्यक्रमहरूमा कडाइ गरेको हो।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले हस्ताक्षर गरेको आदेशमा राजधानीका संवेदनशील भनिएका स्थानहरूमा आन्दोलन, नाराबाजी, धर्ना, सभा तथा जुलुसको आयोजना गर्दै शान्ति सुरक्षामा खलल पुर्याउने  गतिविधि देखिएकोले सुरक्षाको दृष्टिकोणले यस्तो निर्णय गरिएको उल्लेख छ।

निषेधाज्ञा लागू हुने स्थानहरू:

माइतीघर मण्डला

नयाँ बानेश्वर

संघीय संसद भवन परिसर तथा नजिकका क्षेत्रहरु

२०८२  साल जेठ १९  गते बिहान १२ बजेदेखि जेठ २० गते राति १२ बजेसम्म लागू हुने छ।

प्रशासनले यस अवधिमा कुनै पनि प्रकारको धार्मिक, राजनीतिक वा सामाजिक सभा, जुलुस, नाराबाजी, धर्ना तथा प्रदर्शन गर्न नपाइने स्पष्ट पारेको छ। आदेश उल्लंघन गरेमा कानुनअनुसार कारवाही हुने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ