+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

अर्थसहित ५ समितिको बैठक बस्दै

जनवाच
१ दिन अगाडी

काठमाडौं – बिहान ११ः०० बजे सुरु हुने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि अर्थ मन्त्रालय, कानून मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूसँग गहिरो छलफल गरिनेछ।

त्यसैबेला सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे प्रारम्भ हुनेछ, जसमा विद्यालय शिक्षा विधेयक, २०८० माथि उपसमितिको प्रतिवेदन प्रस्तुत भई छलफल गरिनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ। हिन्दकुश हिमालय सम्मेलनसँग सम्बन्धित विषय र समितिका आगामी कार्ययोजना सम्बन्धी छलफल आजको बैठकको प्रमुख एजेन्डा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ