+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

विश्व सुन्दरीको दौडमा नेपालको यात्रा क्वार्टरफाइनल अघि नै टुंगियो

जनवाच
१ दिन अगाडी

काठमाडौं — भारतको तेलंगानामा जारी ७२औं मिस वर्ल्ड प्रतियोगितामा नेपालको यात्रा क्वार्टरफाइनल अघि नै टुंगिएको छ। मिस नेपाल वर्ल्ड सृच्छा प्रधान यो वर्षको प्रतिस्पर्धामा टप ४० सम्म पुग्न असफल भइन्।

चार महादेशबाट १०/१० प्रतिस्पर्धी छानिँदा एसिया र ओसियानाबाट अस्ट्रेलिया, भारत, इन्डोनेसिया, लेबनान, मलेसिया, न्यूजिल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, टर्की र भियतनाम अन्तिम ४० मा छानिएका छन्। यसपटक पनि दक्षिण–पूर्वी एशियाली देशहरूको वर्चस्व देखिएको छ।

प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित विधा ‘ब्युटी विथ अ पर्पस’ (सार्थक सौन्दर्य) को उपाधि यसपटक इन्डोनेसियाले जितेको छ। यो विधालाई मिस वर्ल्डको आत्मा मानिन्छ, जहाँ सामाजिक सेवाको प्रभावकारी कामलाई मूल्याङ्कन गरिन्छ।

नेपालबाट प्रतिनिधित्व गरिरहेकी सृच्छा प्रधानले केही विधामा सशक्त उपस्थिति देखाए पनि, निर्णायक चरणमा पुग्न नसक्नुले मिस नेपालको तयारी प्रक्रियामाथि पुनर्विचार आवश्यक देखिएको छ। विगतमा मिस वर्ल्डमा नेपालले ‘टप मोडेल’ वा ‘ब्युटी विथ अ पर्पस’ जस्ता विधामा पहिचान बनाएको भए पनि, पछिल्ला वर्षमा निरन्तर प्रदर्शन कमजोर देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ