+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पेट्रोल, डिजेल र मट्टितेलमा फेरी मूल्य वृद्धि, कति पुग्यो

जनवाच
१ दिन अगाडी

१७ जेठ, काठमाडौं — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्यवृद्धि गरिएको हो। यो नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

हवाई इन्धनको दर  भने घटाइएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने इन्धनमा तीन रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति  लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको छ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, ढुवानी लागत र विनिमय दरजस्ता कारण देखाउँदै नियमित रूपमा मूल्य समायोजन गर्दै आएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ