+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

शिक्षकमाथिको भ्रम फैलाउने प्रयत्न असफल : मादब नेपाल

नेता नेपालले शिक्षकहरूको जायज मागप्रति समर्थन जनाउँदै सरकार र सरोकारवाला निकायलाई संवाद र समाधानतर्फ गम्भीर बन्न आग्रह समेत गरे।

जनवाच
१ महिना अगाडी

काठमाडौं, वैशाख १५ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही तत्वहरूले शिक्षकहरूको आन्दोलनबारे झूठो प्रचार गरेको आरोप लगाएका छन्।

शिक्षकहरूसँग भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले आफूहरूले शिक्षकहरूको ऐक्यबद्धता र उत्साह अनुभूति गरेको बताए। “शिक्षकहरूले नाराबाजीसहित हाम्रो स्वागत गरेका हुन्, हामीलाई खेदेका होइनन्,” नेता नेपालले प्रष्ट पारे।

उनका अनुसार शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जनाउन आफूहरू गएको र शिक्षकमाझ सकारात्मक ऊर्जा देखिएको अनुभव भएको थियो। “हामीले उनीहरूको मनोबल अझै बढेको पायौँ र त्यसपछि सम्मानपूर्वक बिदा भएका थियौँ,” उनले भने।

तर, केही गलत नियत राख्ने समूहले भ्रम फैलाउन खोजेको भन्दै नेपालले त्यसप्रति खेद व्यक्त गरे। “अनावश्यक र भ्रामक प्रचार गरेर शिक्षक आन्दोलनलाई बदनाम गर्ने प्रयास भइरहेको छ,” उनले आरोप लगाए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ