+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाए

जनवाच
२ घण्टा अगाडी

११ जेठ, काठमाडौं । विद्यार्थी राजनीतिमा सक्रिय अखिल (क्रान्तिकारी) ले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विरोधको स्वर चर्काउँदै आइतबार पुतला दहन गरेपछि भिजिट भिसा प्रकरणले राजनीतिक ताप अझ चुलिएको छ।

प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि गरिएको पुतला दहनसँगै विद्यार्थीहरुले मसाल जुलुस निकाल्दै सरकारको मौनतामाथि प्रश्न उठाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेशिने नेपालीहरूसँग अवैध रूपमा रकम असुली भएको विषयमा गृहमन्त्री लेखकको संलग्नता भएको आरोप सार्वजनिक भएसँगै सरकार दबाबमा छ।
विशेषगरी सत्ता साझेदार दलभित्रैबाट समेत लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेका छन्। रास्वपाले त औपचारिक रूपमा राजीनामा माग गरिसकेको छ।

पुतला जलाउँदै विद्यार्थीहरूले ‘दोषीमाथि कारवाही गर, भ्रष्ट्राचार बन्द गर’ जस्ता नारासहित सरकारलाई जवाफदेही बन्न चेतावनी दिएका छन्। उनीहरूका अनुसार, सरकार र जिम्मेवार मन्त्रीहरू अकर्मण्यतामा रमाइरहेका बेला सर्वसाधारण पीडित भइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ