+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

कुमारी बैंकको डिजिटल अभियानमा थप गति: मास्टर कार्ड प्रयोग अब एटीएम र पीओएसमा सहज

मास्टर कार्ड प्रयोगकर्तालाई सुविधा र बैंकलाई डिजिटल कारोबार विस्तार — कुमारी बैंकको यो कदम निजी क्षेत्रबाट डिजिटल नेपाल निर्माणमा भएको सार्थक पहल को एउटा उदाहरण बन्नेछ।

जनवाच
१ दिन अगाडी

१६ जेठ काठमाडौं — अब मास्टर कार्ड बोकेर कुमारी बैंक नजिक पुग्दा डिजिटल भुक्तानीका विकल्पहरू अझ सहज हुनेछन्। कुमारी बैंक लिमिटेडले नेपालभरका आफ्ना एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने सुविधा सुरु गरेको छ।

यो सुविधा सुरु भएपछि मास्टर कार्ड भएका ग्राहकले अब कुमारी बैंकको एटीएमबाट रकम झिक्न र पीओएसमार्फत खरिदको भुक्तानी गर्न सक्ने भएका छन्। यसले ग्राहकलाई मात्र होइन, व्यवसायीलाई पनि लाभ पुग्ने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ‘डिजिटल नेपाल’ अभियानमा सक्रिय भूमिका खेलिरहेको जनाएको छ।

२४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंक हाल देशभर ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ। बैंकले आगामी दिनमा पनि डिजिटल कारोबारलाई प्राथमिकता दिँदै सरल, सुरक्षित र प्रभावकारी सेवा दिन प्रतिबद्ध रहेको बताएको छ।

बैंकका अनुसार, मास्टर कार्ड स्वीकार्ने निर्णयले ग्राहकलाई आधुनिक, विश्वसनीय र सुरक्षित बैंकिङ अनुभव दिन सहयोग पुर्‍याउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ