+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दी बढीकाे सहभागिता रहने

शिक्षामा गुणस्तर र उत्तरदायित्व बढाउन शिक्षकमात्र होइन, संस्थापक र नेतृत्वकर्ताहरू पनि निरन्तर सिकाइको प्रक्रियामा रहनुपर्छ भन्ने धारणा बोकेको नेसनल प्याब्सनले यस्ता कार्यक्रममार्फत समग्र निजी शिक्षालाई व्यवस्थित बनाउने संकेत दिएको छ।

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ १५ –शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र समन्वयपूर्ण बनाउने लक्ष्यसहित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले कोशी प्रदेश केन्द्रित विशेष संगठनात्मक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको छ।

कार्यक्रम जेठ १७ गते शनिबार मोरङको विराटचोकस्थित रोयल पार्टी प्यालेस, सलकपुरमा हुने भएको हो। बिहान ८ बजे सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाको अध्यक्षतामा हुने कार्यक्रममा २०० भन्दा बढी निजी विद्यालय सञ्चालक, प्रिन्सिपल तथा संयोजकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा संगठनात्मक विकास, व्यवस्थापन, शैक्षिक सुधार र अनुभव साटासाटका विविध सत्र सञ्चालन गरिनेछ। विशेषगरी नेतृत्वदायी भूमिकामा रहेका शैक्षिक व्यक्तित्वहरूलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको हो।

प्रशिक्षणमा नेसनल प्याब्सनका पूर्व अध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाहीको संयोजन रहनेछ। साथै विश्वविद्यालयका डा. सुदन झा र आइएनजी ग्रुपका सुलभ बुढाथोकीजस्ता विषय विज्ञहरूले कार्यशाला सञ्चालन गर्नेछन्।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराईले शिक्षा क्षेत्रमा काम गर्नेहरूबीच आपसी विश्वास, अनुभव साटासाट र संगठन सुदृढीकरणको लागि यस्ता कार्यक्रममा सहभागी हुन आवश्यक रहेको बताए। “एकल प्रयासले होइन, साझा समझदारी र सशक्त नेतृत्वले मात्र निजी शिक्षा क्षेत्रलाई व्यवस्थित दिशा दिन सकिन्छ,” उपाध्यक्ष भट्टराईले भने।

विगतमा भन्दा अबका यस्ता कार्यक्रम केवल औपचारिकतामा सीमित नरही नेतृत्व सुदृढीकरण र नीति व्यवहारबीचको दूरी घटाउने प्लेटफर्म बन्न थालेका छन्। यस कार्यक्रमले पनि निजी विद्यालयबीच नीति, सोच र अभ्यासको साझा धरातल निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ