+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

 गृहमन्त्रीले ओलीको अभिव्यक्तिमा दिए स्पष्टता: गणतन्त्र दिवसमाको दिन काठमाडौं संगीतमय बनाउनुपर्छ भन्नु भाको हो

जनवाच
१ दिन अगाडी

१४ जेठ, काठमाडौं । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘काठमाडौं नियन्त्रण’ सम्बन्धी अभिव्यक्तिले सार्वजनिक चासो र विवाद निम्त्याएपछि गृहमन्त्री रमेश लेखकले त्यसको व्याख्या गर्दै प्रष्ट पारेका छन्— ‘प्रधानमन्त्रीको आशय संगीतमय उत्सवसँग सम्बन्धित थियो, न कि राजनीतिक दबाब या नियन्त्रणसँग।’

गृहमन्त्री लेखकले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ नलगाउन आग्रह गरे। “उहाँले काठमाडौं नियन्त्रण भन्नु भनेको सांगीतिक कार्यक्रममार्फत उपत्यकालाई उत्सवमय बनाउने सन्दर्भमा हो,” उनले भने, “हामीले त्यो अभिव्यक्तिलाई हिंसात्मक, विध्वंसात्मक वा राजनीतिक कब्जाको सन्दर्भमा बुझ्नु हुँदैन।”

गृहमन्त्रीले प्रधानमन्त्रीको मन्तव्य सांस्कृतिक र परम्परागत संगीत प्रदर्शनमार्फत गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने सन्दर्भमा आएको दाबी गरे। “काठमाडौं उपत्यकालाई संगीतमय बनाउन, हाम्रो परम्परागत बाजा र सांगीतिक कला प्रस्तुत गरेर गणतन्त्र दिवसलाई राष्ट्रिय सांस्कृतिक महोत्सव बनाउने सन्दर्भमा उहाँले निर्देशन दिनुभएको हो,” गृहमन्त्रीको भनाइ थियो।

उनले गणतन्त्र विरोधी वा संविधानविपरीत गतिविधि भने कदापि सह्य नहुने चेतावनी दिए। “संविधान उल्ट्याउने, संघीयता फाल्ने गतिविधि सहन सकिंदैन,” उनले भने, “शान्ति सुरक्षा कायम गर्न गृह प्रशासन प्रतिबद्ध छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ