१४ जेठ, नयाँ दिल्ली – कोरोना भाइरस फेरि भारतमा सक्रिय बन्दै गएको संकेत देखिएको छ। एक सातामै नौ जनाको ज्यान गएको र देशभर सक्रिय संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको देखिएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ७८७ नयाँ संक्रमित थपिँदा ९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कुल ११ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ५ जना महाराष्ट्रमा मात्र ज्यान गुमाएका छन्। केरलाः ४३० सक्रिय संक्रमित महाराष्ट्रः २०८ दिल्लीः १०४ गुजरातः ८३ कर्नाटकः ८० बेंगलुरुः ७३ केरलाले फेरि एकपटक महामारीको केन्द्र बिन्दुको रुप लिएको देखिएको छ। दक्षिण भारतका राज्यहरूमा संक्रमण दर उच्च देखिएको छ। जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये एक व्यक्तिको मृत शरीर रेलवे स्टेशनमा फेला परेको थियो र पछि परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो। अर्को मृतक २६ वर्षीय युवक थिए, जो पहिलादेखि क्षयरोग पीडित थिए र निजी अस्पतालमा उपचाररत थिए