+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गृह मन्त्री लेखकको राजीनामा माग गर्ने राप्रपाको तयारी : संसदीय दलको आकस्मिक बैठक

जनवाच
२ दिन अगाडी

१३ जेठ, काठमाडौं —भिजिट भिसा प्रकरणले सरकारभित्रै तरंग ल्याइरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि गृह मन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राजनीतिक दबाव बढाउने संकेत दिएको छ। यही उद्देश्यसहित राप्रपाले आज बिहान १०:३० बजे पार्टी संसदीय दलको आकस्मिक बैठक बोलाएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही का अनुसार संसदीय दलको कार्यालयमा बस्ने बैठकमा गृह मन्त्रालयको भूमिकामाथि प्रश्न उठाउँदै, मन्त्री लेखकको राजीनामासम्बन्धी रणनीति तय गरिनेछ। बैठकमा पछिल्लो राजनीतिक अवस्था र भिजिट भिसा प्रकरणमा सरकारको असक्षमतामाथि गम्भीर छलफल हुने बताइएको छ।

सत्तारूढ गठबन्धनकै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेतले गृह मन्त्रीको भूमिकामाथि असन्तोष जनाउँदै राजीनामाको माग गरिरहेका बेला राप्रपाले पनि चासो बढाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ