+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ: विधेयक, संक्रमणकालीन न्याय र अनुगमनमाथि केन्द्रित छलफल 

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ १६ – आजको दिन संघीय संसदका विभिन्न समितिहरू विधेयक संशोधन, संक्रमणकालीन न्याय तथा अनुगमन कार्यक्रममाथि गहन छलफलमा जुट्दै छन्। संघीय संसद सचिवालयले जानकारी दिएको अनुसार, सिंहदरबारस्थित कार्यालयमा चारवटा स्थायी समितिका बैठकहरू निर्धारित छन्, जसले नीतिगत, संरचनागत र मानवअधिकार सम्बन्धी महत्वपूर्ण विषयहरूमा बहस चलाउनेछन्।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठक विद्युत विधेयक, २०८० को दफावार छलफलमा केन्द्रित हुनेछ। ऊर्जा नीतिमा देखिएको चुनौती र आगामी संरचनागत सुधारका लागि यो छलफल निर्णायक मानिएको छ।

त्यस्तै, दिउँसो १ बजेका लागि तय गरिएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक २०७९ को पहिलो संशोधनमाथि विस्तृत छलफल हुने जानकारी प्राप्त छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ