+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राप्रपाले ४० बर्ष मुनिका युवासँग आज छलफल गर्दै

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, जेठ १२ । राजनीतिक भविष्यप्रति अन्योल र मोहभंग भइरहेका बेला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब ४० वर्ष मुनिका युवाहरूमाथि केन्द्रित हुँदैछ । आगामी जेठ १५ बाट शुरु हुने राजावादी आन्दोलनलाई सशक्त बनाउन र रणनीति तय गर्न, राप्रपाले आज युवासँग प्रत्यक्ष संवादको कार्यक्रम आयोजना गरेको छ ।

राजनीतिक रुपमा ‘राजा फर्काउन’ अभियान चलाइरहेको राप्रपाले आज काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ बजे ४० वर्ष मुनिका युवाहरूसँग संवाद गर्दैछ ।
राप्रपाले यो छलफललाई “युवाको मन बुझ्ने अभियान” को रूपमा हेरिरहेको छ । विशेषगरी ‘राजतन्त्र पुनःस्थापना’, ‘संघीयता खारेजी’ र ‘हिन्दु अधिराज्य’ को एजेन्डामाथि युवाहरूको धारणा कति मजबुत छ भन्ने कुरा प्रत्यक्ष रुपमा बुझ्ने प्रयास भइरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ