काठमाडौं २० जेठ। डिजिटल युगसँग कदम मिलाउँदै एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा एक अभिनव अभियान ‘लिग अफ क्रिएटर्स’ सुरु गरेको छ, जसले नेपालभरिका सिर्जनशील युवा प्रतिभालाई डिजिटल संसारमा उभिन नयाँ अवसर दिन लागेको छ। क्रिएट, कम्पिट, कन्कर भन्ने प्रेरणादायी नारासहित आएको यो अभियान सामग्री निर्माण, प्रतिस्पर्धा र नेतृत्व विकासको संगम हो, जसले १६ वर्ष माथिका नेपाली युवालाई आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको बुझाइ अभिव्यक्त गर्ने स्वतन्त्र प्लेटफर्म प्रदान गर्नेछ। एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहका अनुसार, “यो अभियान सिर्जनात्मक व्यक्तित्वहरूका लागि सिक्ने, बढ्ने र परिवर्तन ल्याउने यात्रा हो, जसमा प्रशिक्षण, मेन्टरसिप र चुनौती सँगै रमाइलो पुरस्कार पनि समावेश छन्।” प्रतियोगिताको विशेषता: दर्ता खुला: १८ जेठदेखि भिडियो पोस्ट गर्ने अन्तिम म्याद: २७ जेठ उमेर सीमा: १६ वर्षमाथिका नेपाली अवधि: ३०–९० सेकेन्डको भर्टिकल भिडियो प्लेटफर्म: TikTok र Instagram मा पोस्ट ह्यासट्याग: #NcellLeagueOfCreators2025, #TeamSanjog (मेन्टर अनुसार फरक) सहभागीहरूले आफ्नो सिर्जनात्मक भिडियोमा @Ncell ट्याग गर्नुपर्नेछ, र आफ्नो भावनात्मक/व्यक्तिगत कथा प्रस्तुत गर्नुपर्नेछ जुन ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ विषयमा आधारित हुनेछ। देशभरिबाट प्राप्त भिडियोमध्येबाट ५० जना प्रतिभाशाली क्रिएटरलाई अनुभवी मेन्टरहरूले छनोट गर्नेछन्। उनीहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तन्डुकार जस्ता चर्चित अनुहारहरूले मार्गदर्शन गर्नेछन्। छनोट भएका सहभागीहरूलाई एनसेल आइकनमा विशेष कार्यशालामा भाग लिने मौका दिइनेछ, जहाँ उनीहरूले च्यालेन्ज राउन्ड समेत पार गर्नु पर्नेछ। यो अभियानको ग्रान्ड फिनाले १४ असार २०८२ मा हुनेछ।मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्नेछ। साथै, उनीहरूले नेपालका शीर्ष क्रिएटरसँग प्रशिक्षण, देशव्यापी परिचय र नेटवर्किङका अवसरहरू प्राप्त गर्नेछन्। अभियानको निष्पक्षता र गुणस्तरीय मूल्यांकनका लागि एनसेल र अमेरिकी दूतावासका प्रतिनिधिहरू निर्णायकका रूपमा रहनेछन्।