काठमाडौं – नेपालको विदेशी विनिमय बजारमा आज मंगलबार प्रमुख मुद्राहरूको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। अमेरिकी डलरको दरमा गिरावट आएको छ भने युरो र युके पाउण्ड स्ट्रलिङको मूल्यमा वृद्धी भएको देखिन्छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार, अमेरिकी डलरको खरिददर १३६.३२ रुपैयाँ र बिक्रीदर १३६.९२ रुपैयाँ रहेको छ। यो दर सोमबारको तुलनामा घटेको हो, जहाँ डलरको खरिददर १३६.६३ रुपैयाँ र बिक्रीदर १३७.२३ रुपैयाँ थियो। युरोपियन युरोको भाउमा भने वृद्धी भएको छ। आजको खरिददर १५५.७२ रुपैयाँ र बिक्रीदर १५६.४० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा करिब ७० पैसासम्मको वृद्धी देखिएको हो। त्यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिददर १८४.५८ रुपैयाँ र बिक्रीदर १८५.४० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा पाउण्डको मूल्यमा समेत करिब ७०–८० पैसाको वृद्धि भएको छ। मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.) स्वीस फ्रयाङ्क १६६.७७ १६७.५१ अष्ट्रेलियन डलर ८८.४१ ८८.८० क्यानेडियन डलर ९९.४९ ९९.९३ सिङ्गापुर डलर १०५.९९ १०६.४५ जापानी येन (१० इकाई) ९.५६ ९.६० चिनियाँ युआन १८.९३ १९.०२ साउदी रियाल ३६.३४ ३६.५० कतारी रियाल ३७.४१ ३७.५७ थाई भाट ४.१९ ४.२१ युएई दिराम ३७.११ ३७.२८ मलेसियन रिङ्गेट ३२.०३ ३२.१७ कोरियन वन (१०० इकाई) ९.९१ ९.९५ मुद्रा खरिददर बिक्रीदर हङकङ डलर १७.३८ १७.४६ कुवेती दिनार ४४४.७३ ४४६.६९ बहराइन दिनार ३६१.६१ ३६३.२० ओमानी रियाल ३५४.१० ३५५.६६ भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५ नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर वाणिज्य बैंकहरूले प्रयोग गर्ने सन्दर्भ दर हो, तर बैंकहरुले दैनिक सञ्चालनमा केही भिन्न दर अपनाउने सक्ने जनाइएको छ। विनिमय दर समय अनुसार परिवर्तन हुन सक्ने भएकाले नवीनतम दर राष्ट्र बैंकको वेबसाइट हेर्न उपयुक्त हुने जनाएको छ।