काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँको डिल्लीबजार कारागारमा सार्ने प्रक्रिया अघि बढाइएको छ। लामिछानेले डिल्लीबजार कारागारमै बस्ने इच्छा व्यक्त गरेपछि प्रशासनले आवश्यक तयारी थालेको हो।
कारागार प्रशासनका अनुसार, राजनीतिक भेटघाट र व्यवस्थापनलाई सहज बनाउन लामिछानेलाई राजधानीको कारागारमा सार्ने सम्भावना बढेको हो। काठमाडौँस्थित डिल्लीबजार कारागारमा नेताहरुको पहुँच सजिलो हुने भएकाले यो स्थान उपयुक्त ठहरिएको जनाइएको छ।