+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गणतन्त्र दिवस समारोह समितिबाट मेयर बालेनलाई हटाउन प्रधानमन्त्री ओलीको निर्देशन

जनवाच
२ घण्टा अगाडी

५ जेठ, काठमाडौं —गणतन्त्र दिवस २०८२ को तयारीको क्रममा बसेको मूल समारोह समिति बैठकमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समितिबाट नै हटाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको बैठकमा गणतन्त्र दिवसलाई तीनदिने उत्सवका रूपमा मनाउने निर्णयसँगै, नियमित रूपमा बैठकमा अनुपस्थित रहने पदाधिकारीलाई समितिबाट हटाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।
यसै क्रममा बैठकमा उपस्थिति नजनाएका मेयर शाहलाई हटाउने निर्देशन स्वयं प्रधानमन्त्री ओलीबाट आएको हो।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी जनस्तरसम्म पु-याएर मनाउनुपर्ने भन्दै जिम्मेवार पदमा रहेका व्यक्तिले बैठकको बेवास्ता गर्नु गम्भीर विषय भएको उल्लेख गरेका छन्।
“समारोह समितिमा पदेन सदस्य रहेका तर बैठकमा बारम्बार अनुपस्थित हुनेहरूको जिम्मेवारी पुनरावलोकन गर्नुपर्ने बेला आएको छ,” ओलीले बैठकमा भनेका थिए।

बैठकले यही जेठ १४, १५ र १६ गते दीप प्रज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। केन्द्र, प्रदेश र स्थानीय तहमा तीनै तहका सरकार र निजी क्षेत्र, संघ-संस्थालाई समेत सहभागी गराएर विशेष कार्यक्रम आयोजना गरिनेछ।
मुख्य कार्यक्रम भने टुँडिखेलस्थित सैनिक मञ्चमा जेठ १५ गते हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ