काठमाडौं, जेठ ११ —अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको पूर्वसन्ध्यामा तयारीको अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले प्रस्तुत गर्नै लागेका बजेटसँग सम्बन्धित महत्त्वपूर्ण प्रकाशनहरू — आर्थिक सर्वेक्षणदेखि प्राविधिक सहायता परिचालन विवरणसम्म अन्तिम रूप दिन लागिएको हो।
मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, बजेटसँग गाँसिएका विभिन्न दस्तावेजहरूको तयारी तीव्र गतिमा अघि बढेको छ। उनले आर्थिक सर्वेक्षण, मन्त्रालयगत तथा संस्थागत प्रगति विवरण, र सहायता परिचालनसम्बन्धी विवरण अहिले अन्तिम सम्पादनमा रहेको जानकारी दिए।
बजेटसँगै संसदमा पेस गरिने आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण तथा जमानतसम्बन्धी विधेयकहरूको प्रारूपसमेत तयार हुँदैछ।