+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

आजको विनिमय दरमा डलर, युरो, पाउण्ड सबै महँगिए

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, जेठ ९ –विदेशी मुद्राको विनिमय दरमा आएको हालको वृद्धिले आयातमा निर्भर नेपालका उपभोक्ता र व्यापारी दुवैलाई थप आर्थिक भार पर्न सक्ने देखिन्छ। नेपाल राष्ट्र बैंकले आज (जेठ ९ गते) प्रकाशित गरेको विनिमय दरअनुसार, प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको भाउ उकालो लागेसँगै आयात लागतमा प्रत्यक्ष असर पर्ने देखिएको हो।

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा क्रमशः ५८ पैसा र ५८ पैसा बढी हो।

युरोपियन युरो को मूल्य पनि उकालो लाग्दै आज खरिददर १५५.२८ र बिक्रीदर १५५.९६ पुगेको छ।

बेलायती पाउण्ड स्ट्रलिङ झनै तीव्र रुपमा महँगिएको छ – एक पाउण्डको खरिददर १८४.२५ र बिक्रीदर १८५.०५ पुगेको छ।

स्वीस फ्र्याङ्क को दरमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

यस्ता दर वृद्धि खासगरी आयात सामग्रीको मूल्यमा सीधा असर पुर्‍याउने भएकाले व्यवसायिक गतिविधिमा दबाब बढ्ने संकेत छ। पेट्रोलियम पदार्थ, औषधी, विद्युतीय सामानलगायत विदेशी वस्तुमा निर्भर नेपालका लागि यो परिवर्तन अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ।

साउदी र कतारी रियाल, युएई दिराम, र चिनियाँ युआनको मूल्य पनि आंशिक रूपले वृद्धि भएको छ। जापानी येन र कोरियन वनको विनिमय दरमा भने स्थायित्व देखिएको छ।

कुवेती दिनार र बहराइनी दिनार सबैभन्दा उच्च मूल्यमा यथावत छन् – क्रमशः ४४९ रुपैयाँ ४१ पैसा र ३६५ रुपैयाँ ७८ पैसा।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ