+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

बन्दीप्रत्यक्षीकरण निवेदनमाथि पूर्वगृहमन्त्री रविको आज सुनुवाइ हुँदै

जनवाच
८ घण्टा अगाडी

८ जेठ, काठमाडौं — पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज बिहीबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई “गैरकानुनी रूपमा थुनिएको” भन्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेकी हुन्। यसअघि मंगलबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलासको कारण स्थगित भएको थियो।

न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बिहीबार निवेदनमाथिको बहसलाई निरन्तरता दिनेछ।

यो मुद्दाले कानुनी क्षेत्रभित्र गम्भीर बहस जन्माएको छ — राज्यले पूर्वमन्त्रीलाई न्यायिक प्रक्रिया अनुरूप थुनेको हो वा राजनीतिक दबाबका आधारमा स्वतन्त्रता खोसेको?

यसबीच, लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन्। उनको समर्थक र प्रतिपक्षबीच सामाजिक सञ्जालदेखि सडकसम्म आरोप–प्रत्यारोप चलिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ