+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

गभर्नर र अर्थमन्त्रीबीच पहिलो भेट : आर्थिक समन्वय र स्थायित्वका एजेन्डा प्राथमिकतामा

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ ७।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान अर्थ मन्त्रालय पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरेका छन्। औपचारिक जिम्मेवारी सम्हालेको भोलिपल्टै भएको यो भेटलाई नीति समन्वयको सुरुवातका रूपमा हेरिएको छ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिँदै, वित्तीय तथा मौद्रिक नीतिबीच गहिरो समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले चालु आर्थिक अवस्थालाई सन्तुलनमा ल्याउन गभर्नरको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

गभर्नर डा. पौडेलले राष्ट्र बैंक मौद्रिक नीतिको माध्यमबाट अर्थ मन्त्रालयको नीति कार्यान्वयनमा सहयोग गर्ने बताउँदै, सुपरीवेक्षण क्षमता र वित्तीय अनुशासनलाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे।

भेटघाटको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, तथा राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत उच्च पदस्थ अधिकारीहरूले गभर्नरलाई शुभकामना दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ