काठमाडौं — विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै काठमाडौंमा यही वैशाख २६ र २७ गते किया एक्सचेञ्ज कार्निभल २०२५ आयोजना हुँदैछ। लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको सहआयोजनामा हुने यो दुईदिने मेला केवल सवारी साधनको किनबेच मात्र नभई, विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न नवप्रवेशी ग्राहकलाई लक्षित अवसरका रूपमा प्रस्तुत गरिएको छ। मेलाको मुख्य आकर्षण किया ब्रान्डका विद्युतीय सवारीसाधन— ई–क्वीट ०२, ई–क्वीट ०४ र एक्स३ प्रो ईभी मा एक्सचेञ्ज सुविधा हो। पुराना गाडी साटेर नयाँ विद्युतीय गाडी सहज किस्तामा लिन सकिने प्रणालीले नयाँ प्रविधितर्फ सुलभ हस्तान्तरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। परिवारसँग रमाईलो, गाडीको साथमा सौगातमेलामा नयाँ गाडी बुकिङ गर्ने ग्राहकलाई विशेष उपहारको व्यवस्था गरिएको छ। ई–क्वीट बुकिङमा बोच जेट कार वास, एक्स३ प्रो बुकिङमा बोच वासिङ मेसिन उपहार दिइनेछ। यति मात्र होइन, सहभागी ग्राहकलाई QFX सिनेमा को दुई वटा टिकट पनि निःशुल्क प्रदान गरिनेछ। यो एक्सचेञ्ज मेला थापाथलीस्थित किया शोरुम परिसरमा हुने आयोजकले जनाएको छ। गाडीको मूल्यांकन स्थलमै गरिनेछ भने खरिदकर्तालाई नगद छुटसहित विशेष प्रस्तावहरू पनि उपलब्ध हुनेछन्। मेलालाई पारिवारिक, रमाइलो र अनुभवमुखी बनाउनका लागि मनोरञ्जनात्मक कार्यक्रम, लाइभ म्युजिक, खेलहरू र बालबालिकालाई लक्षित गतिविधिहरू पनि समावेश गरिएको छ। यो मेला केवल एक व्यापारिक अवसर नभई, परिवारलाई विद्युतीय सवारीसँग परिचित गराउने र सहरका नयाँ पुस्तालाई हरित भविष्यप्रति सजग बनाउने प्लेटफर्म पनि हो।