+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

गभर्नर नियुक्ति ढिला भएको ओलीजीका कारण होइन : देउवा

‘गठबन्धनको आन्तरिक झगडा होइन, राष्ट्र बैंकको आन्तरिक अड्चन हो’ भनेर देउवाले भने पनि वस्तुस्थिति गठबन्धनमै अविश्वासको बादल मडारिएको देखिन्छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई नदिँदै, राष्ट्र बैंकभित्रको आन्तरिक शक्ति संघर्ष नै मुख्य कारण रहेको संकेत गरेका छन्।

पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा देउवाले भने, “गठबन्धनमा कुनै समस्या छैन। गभर्नरको नियुक्तिमा ढिलाइ राष्ट्र बैंकभित्रकै व्यवस्थापकीय उल्झनको उपज हो।”

यस भनाइसँगै उनले नेकपा एमाले निकट वर्तमान कायममुकायम गभर्नर डा. नीलम ढुंगानालाई लक्षित गर्दै राष्ट्र बैंकमा चलिरहेको ‘दुई गुटबीचको रस्साकस्सी’ झल्काएका छन्।

राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरका लागि कांग्रेस समर्थित दावेदार मानिन्छन्। तर, ढुंगानाले अहिलेसम्म भट्टको राजीनामा स्वीकृत नगरेकाले उनी कानुनीरूपमा गभर्नर बन्न अयोग्य ठहरिएका छन्। ढुंगाना आफैं गभर्नरको आकांक्षी भएकाले उनले आफूभन्दा कनिष्ठलाई अघि बढ्न नदिने रणनीति अख्तियार गरेको आरोप लाग्दै आएको छ।

स्रोतहरूका अनुसार, ढुंगानाको अडानलाई प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलको मौन समर्थन रहेको देखिन्छ। सत्तारुढ एमाले निकट मानिने ढुंगानाले गभर्नरको कुर्सी सुरक्षित गर्न भट्टको राजीनामा प्रक्रियागत रूपमा रोकिराखेकी छन्।

गभर्नर सिफारिस समितिको संयोजक स्वयं अर्थमन्त्री हुने कानुनी प्रावधान रहेकोले, कांग्रेस समर्थक भट्टको नियुक्तिका लागि अर्थमन्त्री पौडेलको समर्थन अपरिहार्य छ।

गठबन्धनभित्र शक्ति सन्तुलन कायम राख्ने उद्देश्यले कांग्रेसले अब गभर्नर पद आफूहरूले पाउनु पर्ने तर्क गर्दै आएको छ। तर एमाले पक्षले सत्ता संरचना आफूले नियन्त्रणमा लिइरहेकाले उक्त पद नछोड्ने अडान राखेको छ।

हालै देउवा र ओलीबीच गभर्नर नियुक्तिका विषयमा सहमति भइसकेको चर्चा भए पनि दुई महिनासम्म नियुक्ति हुन नसक्नुले सहमति व्यवहारमा कार्यान्वयन नभएको पुष्टि गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ