+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता : नेपालको स्वास्थ्य र रोजगारीमाथि गम्भीर संवाद

बिल गेट्सले नेतृत्व गरेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले विकासशील राष्ट्रहरूमा शिक्षा, स्वास्थ्य र सामाजिक न्याय प्रवर्द्धनका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सोही सन्दर्भमा चौधरीसँगको भेटलाई नेपालमा प्रभावकारी परियोजना विस्तारको सुरुवातका रूपमा हेरिएको छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं । नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीले सिंगापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स २०२५ सम्मेलनको अवसरमा विश्वप्रसिद्ध परोपकारी नेता बिल गेट्ससँग भेटवार्ता गरेका छन्। उक्त संवाद नेपालका लागि अन्तर्राष्ट्रिय सहकार्यको नयाँ सम्भावना बोकेको छ।

भेटका क्रममा उनीहरूले नेपालको स्वास्थ्य सेवा प्रणाली, बालपोषण र रोजगार सृजनामा देखिएका चुनौती तथा सम्भावनाहरूको बारेमा गहिरो छलफल गरेका थिए। चौधरीले “बलियो नेपाल” अभियानमार्फत गेट्स फाउन्डेसनसँगको अघिल्लो सहकार्यलाई स्मरण गर्दै भविष्यमा थप सहकार्य विस्तार गर्ने विषयमा समेत प्रस्ताव राखेको बताए।

सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म चौधरी फाउन्डेसनले पुर्‍याएको सहयोग र सामाजिक उत्तरदायित्वलाई उल्लेख गर्दै चौधरीले गेट्स फाउन्डेसनको भूमिकालाई सराहना गरे। उनले नेपालको ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ्य पहुँच र युवालाई लक्षित रोजगारी कार्यक्रम विस्तार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको बताए।

बिल गेट्सले नेतृत्व गरेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले विकासशील राष्ट्रहरूमा शिक्षा, स्वास्थ्य र सामाजिक न्याय प्रवर्द्धनका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सोही सन्दर्भमा चौधरीसँगको भेटलाई नेपालमा प्रभावकारी परियोजना विस्तारको सुरुवातका रूपमा हेरिएको छ।

सम्मेलनमा गेट्ससँगै डब्लुएचओ प्रमुख डा. टेड्रोस, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) की सुसान ब्राउन, सिंगापुरका राष्ट्रपति थरमन शनमुगरत्नम लगायत विश्वका प्रमुख नेताहरूको सहभागिता थियो।

नेपालका प्रतिनिधिका रूपमा चौधरीको उपस्थिति तथा उनका पहलहरूले एशिया भरिका परोपकारी संस्थाहरूसँग नेपालका लागि सहकार्यका नयाँ सम्भावना निर्माण गर्न सक्ने संकेत देखिएको छ।

फिलान्थ्रपी एशिया एलायन्स सम्मेलनले एशियाली मुलुकहरूबीच सामाजिक न्याय, समावेशिता र दिगो विकासका विषयमा सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्य राखेको छ। नेपालका लागि यो एक अवसर मात्र होइन, सामाजिक पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समर्थनको आशाजनक प्रारम्भ पनि हुनसक्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ