+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

गृह मन्त्रालयले ६ डिआइजीको सरुवा: प्रदेश प्रहरी नेतृत्वमा नयाँ अनुहार

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, वैशाख २१। नेपाल प्रहरी संगठनमा नेतृत्वको फेरबदलले तीव्रता लिँदै गएको छ। गृहमन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै उनीहरूलाई विभिन्न प्रदेशका प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानव स्रोत विकास विभागले दिएको जानकारीअनुसार, कोशी प्रदेशको नेतृत्व अब डिआइजी ईश्वर कार्कीले सम्हाल्नेछन्। मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकले नयाँ जिम्मेवारी पाएका छन्।

सङ्गठनभित्रको व्यवस्थापन र प्रदेशस्तरीय सुरक्षा नेतृत्वलाई थप सुदृढ बनाउन गरिएको यो सरुवा तत्कालै कार्यान्वयनमा ल्याइएको छ। सरुवा भएका डिआइजीहरूलाई छिटोभन्दा छिटो कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ