+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

विद्यालय शिक्षा विधेयकमा दफावार छलफल टुंगियो, प्रतिवेदन लेख्न थप समय लाग्ने

विधेयक लामो समयदेखि चर्चामा रहँदै आएको थियो भने उपसमिति गठन गरी दफावार छलफल गरिँदै आएको थियो। अब उपसमितिको प्रतिवेदन आएपछि समितिमा पेश गरिनेछ र त्यसपछि संसदमा टेबुल हुने छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, २१ वैशाख ।प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सम्पन्न गरेको छ।

समितिका सचिव दशरथ धमलाका अनुसार अब उपसमिति प्रतिवेदन तयार गर्ने चरणमा प्रवेश गरिसकेको छ। “दफावार छलफल सकिएको छ, अहिले प्रतिवेदन लेख्ने काम भइरहेको छ,” उनले जानकारी दिए।

प्रतिवेदन तयार पार्न थप समय आवश्यक पर्ने भएकाले त्यसका लागि सोमबार बस्ने समितिको बैठकमा समय माग गरिने उपसमितिको तयारी रहेको छ। धमलाका अनुसार दफामा उल्लेख्य संशोधन भएकाले प्रतिवेदन लेखनमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

“कई ठाउँमा दफाहरू फेरिएका छन्, त्यसैले सावधानीपूर्वक हेरेर प्रतिवेदन तयार गर्न केही समय लाग्नेछ,” उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ