+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्सर बोर्डमा काजु माग्ने चलन हरिवंशले खुलासागरे: कलाकारलाई सेवा होइन हैरानी किन?

जनवाच
५ घण्टा अगाडी

काठमाडौं । नेपालको चलचित्र सेन्सर बोर्ड पुनः विवादको घेरामा आएको छ—यो पटक कारण हो, कलाकारसँगै फिल्म निर्माता हरिवंश आचार्यले आफ्नै अनुभव सुनाउँदै सार्वजनिक रूपमा राखेको गुनासो।

एक युट्युब अन्तर्वार्तामा आचार्यले खुलासा गरेअनुसार, आफू अभिनित फिल्म सेन्सर गराउने क्रममा बोर्डकी एक महिला कर्मचारीले काजु किनेर ल्याइदिनु भनेकी थिइन्। “म त फिल्म बनाउने मान्छे, कलाकार हुँ। काजु किनेर ल्याइदिनु भनेपछि साह्रै अपमानित महसुस भयो,” हरिवंशको भनाइ थियो।

उनले थपे, “मैले भन्नुपर्‍यो—म तपाईंका लागि काजु किन्ने मान्छे होइन। तपाईं आफैं किन्नुस्, म पैसा दिन सक्छु।”

सेन्सर बोर्डमा फिल्म छानबिनसँग सरोकार राख्ने पदाधिकारीले नै फिल्मकारलाई व्यक्तिगत खाजाको सामान माग्ने चलन बसेको, र यसले पेशागत मर्यादामा आँच आएको भन्दै आचार्यले चर्को आलोचना गरे।

स्मरणीय छ, यसअघि पनि सेन्सर बोर्डका कर्मचारीले चिकेन रोस्ट मगाएको प्रकरणले चर्चा पाएको थियो। अब, ‘काजु’ प्रसङ्गले यो नियमनकारी संस्थाको नैतिकता र व्यावसायिकतामाथि फेरि प्रश्न उठाएको छ।

आचार्यले प्रसङ्गलाई व्यंग्यात्मक शैलीमा राख्दै भने, “रेस्टुरेन्टमै बसेर बियर खाँदै फिल्म सेन्सर गर्ने हो कि? अफिसमै समय छुट्याएर खाजा खाने हो, तर फिल्म निर्माताबाट व्यक्तिगत सेवा माग्नु अस्वीकार्य हो।”

उनको भनाइ अनुसार, केही समय यस किसिमको चलन रोकिएको थियो, तर फेरि सुरु भएको छ भन्ने सुन्दा दुःख लागेको बताए। आफूले अभिनय गरेको आउँदो फिल्म ‘हरिबहादुरको जुत्ता’ सेन्सर प्रक्रियामा पनि यस्तै दुर्व्यवहार भोग्नुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ