+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

राप्रपा नेता रवीन्द्र मिश्र पुनः पाँच दिन प्रहरी हिरासतमा

जनवाच
४ घण्टा अगाडी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले पुनः पाँच दिनका लागि हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंले आइतबार मिश्रको म्याद छैटौँ पटक थप गर्दै थप अनुसन्धानका लागि हिरासत अवधिमा निरन्तरता दिने निर्णय गरेको हो। यसअघि तोकिएको म्याद सकिएपछि आज उनलाई पुनः अदालत प्रस्तुत गरिएको थियो।

प्रहरी स्रोतका अनुसार मिश्रविरुद्ध सञ्चालित अनुसन्धान अझै अपूरो भएकाले थप समय आवश्यक परेको भन्दै अदालतसमक्ष म्याद थपको माग गरिएको थियो। अदालतले सोही मागमा सहमति जनाउँदै पाँच दिनको थप समय दिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ