+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

हवाई सुरक्षादेखि ध्यान पर्यटनसम्म : सरकारको नीति कार्यक्रम बहुआयामिक

जनवाच
११ घण्टा अगाडी

काठमाडौँ— सरकारले हवाई सुरक्षाको सुधार, वायुसेवा सुधार, र पर्यटनको नविकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि समावेशी र समृद्धिप्रति उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा वाचन गर्नुभएको नीति तथा कार्यक्रममा नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने कानुनी सुधारदेखि लिएर ध्यान पर्यटनमार्फत सकारात्मक नेपालको ब्रान्डिङसम्मका योजनाहरू समावेश छन्।

नीति अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई महत्वपूर्ण विधेयक यसै अधिवेशनबाट पारित गर्ने सरकारको स्पष्ट अठोट छ। यी विधेयकहरू हवाई सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्डमा उभ्याउने, नियमनलाई प्रभावकारी बनाउने, र नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने लक्ष्यमा केन्द्रित छन्।

सरकारले हवाई पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउने, नयाँ विमानस्थल निर्माण तथा विस्तार गर्ने र सुलभ, सुरक्षित र पहुँचयोग्य हवाई सेवा सुनिश्चित गर्ने योजना अघि सारेको छ।

त्यस्तै, प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनलाई एकसाथ सम्बोधन गर्दै नेपाललाई विश्वको ध्यान पर्यटन केन्द्र बनाउने रणनीति लिइएको छ। योग र ध्यानमार्फत ‘पोजिटिभ नेपाल’ को धारणा प्रवर्धन गर्दै आरोग्य पर्यटनलाई नयाँ आर्थिक अवसरको रूपमा विकास गरिने भएको छ।

सरकारले अवलम्बन गर्ने सार्वजनिक-निजी साझेदारीमा आधारित दिगो पर्यटन नीतिमार्फत पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने रणनीति अघि सारेको छ। साथै, विश्व सम्पदा सूचीमा थप ऐतिहासिक र सांस्कृतिक क्षेत्रहरू समावेश गराउने प्रयास पनि नीति कार्यक्रममा समावेश गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ