काठमाडौं — नेपालको उर्जा क्षेत्रमा स्थायित्व, सम्भावना र प्रगतिको प्रतीकका रूपमा उदाउँदै गरेको कम्पनी एपी पावर लिमिटेडले हालसालैका लगानी तथा सञ्चालन परियोजनाहरूबाट जलविद्युत् तथा नवीकरणीय उर्जाको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। कम्पनीको प्रमुख लगानीहरू यस्ता छन्: इङ्वा हाइड्रोपावर लिमिटेड (IHL): एपी पावरले यस परियोजनामा २५% हिस्सेदारीसहित १५ करोडको लगानी गरेको छ। सूर्यकुण्डा हाइड्रो: ११ मेगावाटको तादी खोलाको आयोजना आगामी महिनादेखि सञ्चालनमा आउने तयारीमा छ। कम्पनीले ५४% स्वामित्वसहित ३२.९० करोड लगानी गरेको छ। दार्चुला पावर: २८.३ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ जुन १.५ वर्षमा सम्पन्न हुने लक्ष्य रहेको छ। ५१% स्वामित्व रहेको यस परियोजनामा ७५ करोड लगानी गरिएको छ। एपी इन्फ्रास्ट्रक्चर: झम्सिखेलमा निर्माणाधीन ४३ युनिट अपार्टमेन्टबाट कम्पनीलाई करिब ३० करोड नाफा हुने अनुमान गरिएको छ। एपी स्प्रिङ: दार्चुलास्थित प्रदेश नं. ७ का लागि शुद्ध मिनरल वाटर उत्पादन गर्ने यस कम्पनीले वार्षिक १ करोड नाफा दिइरहेको छ। यसबाहेक एपी पावरका हाल ३ जलविद्युत् र ३ सौर्य परियनाहरूबाट कुल ६२.५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ भने आगामी ६ महिनाभित्र ८ मेगावाटको परवानीपुर सौर्य आयोजना पनि सञ्चालनमा आउनेछ। यसरी हेर्दा एपी पावरको मुलभूत पक्ष (fundamentals) अत्यन्त बलियो देखिन्छ तर बजार मूल्य अझै अपेक्षाकृत कमजोर देखिनु चिन्ताको विषय हो। यथार्थमा, कम्पनीले देखाएको बहुआयामिक लगानी र आगामी आम्दानीका सम्भावनाहरूले यसलाई नेपाली उर्जा क्षेत्रमा अग्रणी कम्पनी बनाउने स्पष्ट संकेत देखिएको छ। एपी पावरमा विश्वास गर्ने सम्पूर्ण शुभचिन्तकहरू र लगानीकर्ताहरूलाई हाम्रो आग्रह छ— यो कम्पनी नेपालको उर्जामैत्री भविष्यको स्तम्भ बन्ने सम्भावनामा विश्वास राख्दै साथ दिनुहोस्। मूल्यभन्दा मूल्यमान्यता बलियो हुने हो भने, एपी पावर अबको दिनमा समृद्धिको उचाई बन्नेछ।