काठमाडौं, वैशाख १९ — नेपाल–भारत सम्बन्धलाई आर्थिक समृद्धि र रणनीतिक सहकार्यतर्फ अग्रसर गराउने उद्देश्यले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज अर्थ मन्त्रालयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा दुई देशबीचको आर्थिक सहकार्य, लगानी प्रवर्द्धन, व्यापारिक सहजता र आपसी हितका विविध विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक सीमाभन्दा पर आर्थिक, सांस्कृतिक र जनस्तरमै मजबुत बनाउने साझा उद्देश्य भेटघाटको मूल भाव रहेको जनाइएको छ।