+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

आफ्नो डेटा, आफ्नै प्रविधि: सूचना क्षेत्रमा आत्मनिर्भरता खोज्दै सरकार

समारोहमा सूचना प्रविधि क्षेत्रमा योगदान दिएका प्रा.डा. शशीधर राम जोशीसहित विभिन्न व्यक्ति र संस्थालाई राष्ट्रिय सूचना प्रविधि अवार्ड प्रदान गरिएको थियो।

जनवाच
१६ घण्टा अगाडी

काठमाडौं, वैशाख १९ — “अब डेटा पनि हाम्रो आफ्नै हुनुपर्छ”—प्रधानमन्त्री केपी शर्मा ओलीले आज सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आत्मनिर्भरता र वैदेशिक लगानीको सन्तुलन खोज्दै नयाँ युगको डिजिटल नेपालको परिकल्पना प्रस्तुत गर्नुभयो।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले नेपालले सडक, विद्युत् जस्ता पूर्वाधारमा पर्याप्त प्रगति गरिसकेकाले अब सूचना प्रविधिमा लगानीको ठोस खाँचो रहेको बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “हामीले प्रविधिको प्रयोगलाई अधिकारका रूपमा विस्तार गर्नु पर्छ, जसले सुशासन, विकास र सेवा प्रवाहलाई सरल बनाउँछ।” उहाँले वैदेशिक तथा निजी लगानीकर्तालाई डिजिटल पूर्वाधारमा आह्वान गर्दै नेपालभित्रका अवसरहरूमाथि विश्वास गर्न आग्रह गर्नुभयो।

उहाँका अनुसार नेपाल अब ‘एक लाइन टेलिफोन’ को पालाबाट ‘आफ्नो स्याटेलाइट’ को तयारीतिर अघि बढिसकेको छ। “हामीकहाँ १०१ जना युवा प्रविधि विज्ञ तयार भइसकेका छन्, जुन हाम्रो आत्मनिर्भर भविष्यको आधार बन्न सक्छ,” प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले विद्यार्थीहरूको भविष्यप्रति चिन्ता व्यक्त गर्दै एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुन नदिन सरकारले प्रविधि प्रयोग गरेर अनलाइन कक्षाहरू सुरु गरेको स्मरण गर्नुभयो। “यी निजी पहलहरूलाई संस्थागत बनाउँदै जानुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक अब नागरिक एपमै समावेश हुने व्यवस्था सुरु भएको जानकारी दिनुभयो। यसले डिजिटल सेवाप्रवाहलाई थप सुलभ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ