+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

गलैंचा कारखानाबाट मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध

ब्युरोले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, १२ वैशाख —तीन दशकअघि गरिबी र सपना बोकेर गलैंचा बुन्दै गरेकी एक किशोरीलाई मुम्बईको कोठीमा पु-याएर बेचिएको एक घटना अहिले फेरि सार्वजनिक भएको छ। ३० वर्षदेखि फरार रहेका दोषी अन्ततः प्रहरीको फन्दामा परेका छन्।

मानव बेचबिखन तथा ओसारपसार ब्युरोले सिन्धुपाल्चोकका ५७ वर्षीय चमारे भनिने चमार तामाङलाई बिहीबार उनको घरबाट पक्राउ गरेको हो। उनीमाथि २०४४ सालमा काठमाडौंबाट दिल्ली हुँदै मुम्बई लगेर एक नेपाली महिलालाई जबरजस्ती यौन व्यवसायमा धकेलेको आरोप छ।

प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङले चाबहिलस्थित गलैंचा कारखानामा काम गरिरहेकी युवतीलाई हङकङमा सुनको व्यापार गर्ने सपना देखाएर फकाए। त्यसपछि दिल्ली हुँदै मुम्बई पुर्‍याई रिता तामाङ नाम गरेकी एक साहुनीको कोठी नम्बर ७ मा ८० हजार रुपैयाँमा बेचिदिए।

सपना थियो— राम्रो काम पाउने, विदेश जानु, आम्दानी बढाउने। तर वास्तविकता थियो— सात वर्षसम्म कोठीमा नरकजस्तै जीवन। त्यही क्रममा टिबी रोग लागेपछि कोठीकी साहुनीले उनलाई नेपाल फर्काइन्।

पीडित महिलाले २०५२ सालमा सिन्धुपाल्चोक प्रहरीमा उजुरी दिएकी थिइन्। घटनाको मिसिल काठमाडौं जिल्ला प्रहरी हुँदै ब्युरोसम्म पुगे पनि अभियुक्त लामो समय फरार थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ