काठमाडौं, १८ वैशाख – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेका प्रमुख तीन दलका शीर्ष नेतामाथि कडा व्यंग्य गर्दै “श्री ३ भन्दा श्री ५ नै ठीक हो कि भन्ने झुटो भ्रम फेरि समाजमा फैलिँदै गएको” चेतावनी दिएका छन्।
काठमाडौंको असनमा नेपाल समाजवादी ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले विगतका निरङ्कुश शासकको स्मरण गरिँदै वर्तमान सत्तामा रहेका नेताहरूले “श्री ३” जस्तै व्यवहार देखाएको आरोप लगाए। “यी तीनै नेताहरू पालैपालो तीन वर्षदेखि सत्तामा बसेर मोजमस्ती गरिरहेका छन्। नवराजाजस्तै शैलीमा उनीहरूले शासन गर्दै आएका छन्, जसले जनतामा वितृष्णा जन्माएको छ,” उनले टिप्पणी गरे।
“श्री ५ सम्झिनु ठूलो भूल” भन्दै भट्टराईले जनतालाई सचेत रहन आग्रह गरे। “राजतन्त्रले देशलाई कंगाल बनाएको इतिहास हामीले बिर्सनु हुँदैन। अहिलेका श्री ३ हरूमा समस्या छ, तर त्यसको समाधान श्री ५ फर्काएर होइन, नयाँ वैकल्पिक नेतृत्व तयार गरेर खोजिनुपर्छ,” उनले जोड दिए।
भट्टराईले सत्तारूढ दलहरू जनताको सेवाभन्दा सत्ता र स्रोत दोहनमै केन्द्रित रहेको पनि बताए। “राजनीति सेवा होइन, निजी स्वार्थको माध्यम बनेको छ,” उनले भने।
लेखकको बारेमा

प्रतिक्रिया