+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपाली निजी क्षेत्र सुदृढीकरणमा IFC को चासो, महासंघसँग सहकार्य विस्तार हुने संकेत

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, वैशाख १८ — नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) बीच नेपाली निजी क्षेत्रको सुदृढीकरण, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक सहकार्यको विषयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

बुधबार महासंघ सचिवालयमा भएको उक्त छलफलमा IFC का दक्षिण एसियाली म्यानेजर ग्रेगोरी स्मिथ र महासंघका उपाध्यक्ष हेमराज ढकाल सहभागी थिए।

स्मिथले नेपालको निजी क्षेत्रलाई सबल बनाउने कार्यमा ज्ञान साझेदारी, साना तथा मझौला उद्यमहरूको सक्षमता विकास र युवालाई लक्षित रोजगारी सिर्जनामा IFC इच्छुक रहेको बताए। उनले IFC नेपालमा दीर्घकालीन सहकार्यको रणनीतिमा रहेको जानकारी दिँदै “निजी क्षेत्र विकासबिना समृद्धि सम्भव छैन” भन्ने धारणा व्यक्त गरे।

महासंघका उपाध्यक्ष ढकालले अघिल्ला दिनमा IFC सँगको सहकार्य सकारात्मक रहेको स्मरण गर्दै सन् २०२२ मा संयुक्त रूपमा तयार पारिएको ‘नेपालको निजी क्षेत्रको अवस्था’ प्रतिवेदनले नीति निर्माण र लगानी अभिमुखीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।

महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखनीय भएको बताए। IFC सँगको सहकार्यले हरित अर्थतन्त्र प्रवर्द्धन, वित्तीय पहुँच विस्तार र डिजिटल रूपान्तरणमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा उनले व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ